ज्ञानकुञ्जको ग्राजुएसन डे

पथरी । ज्ञानकुञ्ज मन्टेश्वरीले आफ्नो वार्षिक कार्यक्रम तथा ग्राजुएसन डे भव्य र उत्साहपूर्ण वातावरणमा सम्पन्न गरेको छ ।
हरियाली सामुदायिक वन(पथरी शनिश्चरे-२)मा आयोजित कार्यक्रम मन्टेश्वरीका अध्यक्ष गणेश राईको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा मन्टेश्वरीमा अध्ययनरत विद्यार्थीवर्गले वार्षिक गतिविधिमा आधारित विभिन्न खेलकुद तथा शैक्षिक प्रतिस्पर्धामा उत्कृष्ट हुने प्रथम, द्वितीय र तृतीय विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो ।
कार्यक्रममा उपस्थित अभिभावकहरुलाई नानीबाबुहरुले ‘कोही पूर्व कोही पश्चिम…’ गीतमा सामूहिक नृत्य प्रस्तुत गर्दै स्वागत गरेका थिए । त्यसैगरी, विभिन्न सांस्कृतिक नृत्य प्रस्तुतिहरुले कार्यक्रमलाई अझ आकर्षक बनाएको थियो भने मन्टेश्वरीका शिक्षिकाहरुको नृत्यले पनि उपस्थित अतिथि तथा अभिभावकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेको थियो ।
कार्यक्रमको अन्त्यतिर कक्षा १ का विद्यार्थीहरुको दीक्षान्त समारोह निकै भावुक बनेको थियो । ज्ञानकुञ्ज मन्टेश्वरी पथरी शनिश्चरे-१ को शिखर चोकमा रहेकोे छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार