पथरी । धार्मिक सस्था युमा साम्यो महासभाले युमा धर्मलाई राष्ट्रिय तथ्यांकमा समेटन माग गरेको छ ।
आज साम्योले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाउदै सो माग गरिएको हो । युमा धर्मलाई धर्मको महलमा र कोड सहित ल्याउनका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको महासभाले जनाएको छ । युमा धर्मलाई राष्ट्रिय तथ्यांक कार्यालयले राष्ट्रिय जनगणना २०७८ को नतिजामा नसमेटिएकोले महासभा रुष्ट छ ।


124 पटक हेरिएको 












