आदिवासी जनजातिले सिके सिप

पथरी । नेपाल आदिवासी जनजाति महासंघ पथरीशनिश्चरे नगर समन्वय समितिको आयोजनामा भएको ५ दिने सिप विकास तालिमको समापन भएको छ ।

शनिबार पथरी शनिश्चरे वडा नं. १ मा स्थापित श्रीजंघा वनको सभाहलमा भएको तालिममा आदिवासी जनजातिले नेतृत्व विकास, भाषण कला तथा माइन्युट लेखन सिप सिकेका हुन् ।
समापनमा नगरकी उपप्रमुख देबिमाया काफ्ले तालिमले नगरमा रहेका आदिवासी जनजातिहरुको क्षमता वृद्धि भएकोमा आफू विश्वस्त रहेको बताइन । आफूहरु खालिखुट्टा हिडेर भूमिगत आन्दोलनमा लागेको स्मरण गराउँदै नेतृत्व विकास गर्न अहिले सजिलो भएको उप प्रमुख काफ्लेले बताइन् ।
कार्यक्रमको विशेष अतिथि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको केन्द्रीय उपाध्यक्ष विष्णु भट्टराई, किरात राई यायोक्खा केन्द्रीय उपमहासचिव अर्जुन जम्नेली राई, महासंघको पूर्ब अध्यक्ष हेमभक्त तमू, तमु ह्युला छोज धिको नगर अध्यक्ष राजेन्द्र गुरुङ, किरात याक्थुङ चुम्लुङ नगर अध्यक्ष विक्रम लिम्बु लगायतको उपस्थिति रहेको थियो । तालिममा विभिन्न जातीय समुदायको ५८ जना सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार