पहिलो नागरिक लक्षित उद्घोषण तालिम सकियो 

पथरी ।  पथरी शनिश्चरे नगरपालिकाको सहयोग तथा पहिलो नागरिक धिमाल व्यवस्थापन समितिको आयोजनामा धिमाल समुदायका युवाहरूको क्षमता विकासका लागि ३ दिने उद्घोषण तालिमको समापन भएको छ ।

सोमबार भएको समापन कार्यक्रममा पथरीशनिश्चरे नगरकी उप–प्रमुख देबीमाय काफ्लेले नगरका सबै आदिवासी जनजातिको हक अधिकार सुनिश्चित गर्न र क्षमता विकासका लागि नगरपालिका तथा आफूले सक्दो सहयोग गर्ने बताइन् । वडा नं. १ का वडाध्यक्ष भीम राईले धिमाल युवा युवतीहरुको क्षमता विकास गर्नका लागि अग्रसर भएको देख्दा अत्यन्तै खुसी तुल्याएको बताए । धिमाल जातीय विकास केन्द्रका महासचिव मातृका धिमालले अन्य जनजातिहरूको जस्तै संविधानद्वारा प्रत्याभूत गरेका हक अधिकार सुनिश्चित गर्दै  जातिको क्षमता अभिवृद्धि गराए मात्र मानव संसाधन तथा विकासका परिसुचांक माथि उठ्न सक्नेमा जोड दिए । संचारकर्मी देवराज नेम्बाङले प्रशिक्षक रहेकोे तालिममा २३ जना धिमाल समुदायका युवाहरूले सहभागिता जनाएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार