आन्दोलनरत पहिचान पक्षधर वार्तामा नबस्ने घोषणा

पथरी । कोशी प्रदेश नामाङ्कन विरुद्ध आन्दोलन गरिरहेको प्रदेश नम्बर १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति वार्तामा नबस्ने भएको छ ।

मंगलबार उस्ले बिज्ञप्ति जारी गर्दै कोशी प्रदेश सरकार वार्ता समितिसङ्ग आज बुधबार बिराटनगरमा हुने भनिएको वार्तामा नबस्ने बताएको हो । उहीँ मिति, उहीँ स्थान र उही समयमा अर्को पक्षसङ्ग पनि सरकार वार्ता बस्ने भएपछि वातावरण अन्योलपुर्ण भएको भन्दै समिति वार्ताको वातावरण नभए सम्म वार्तामा नबस्ने जनाएको छ । गत फागुन १७ गते प्रदेशको नाम कोशी राखिएपछि त्यसको विरुद्धमा पहिचान पक्षधर संघर्ष समिति निरन्तर आन्दोलन गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार