एसइईको नतिजा सार्वजनिक, कसरी हेर्ने नतिजा ?

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा(एसइई) को नतिजा सार्वजनिक गरेको छ।

बिहिवार ४ बजे नतिजा सार्वजनिक गरेको हो। बोर्डको बैठकले नतिजा आजै सार्वजनिक गर्ने निर्णय गरेको थियो। राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रका बिष्णुनारायण श्रेष्ठले दिउँसो ४ बजे पत्रकार सम्मेलन गरेर नतिजाबारे जानकारी दिएका छन् । एसइईको गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो । एसइईमा चार लाख ८५ हजार ३९६ परीक्षार्थी सम्मिलित थिए। बोर्डले लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार सार्वजनिक गरेको हो ।

२२ हजार ४७५ विद्यार्थीले ए प्लस जीपीए अंक ल्याएको परीक्षा नियन्त्रक विष्णुनारायण शर्माले जानकारी दिए । त्यस्तै, जीपीए ३.२० देखि ३.६० सम्म ५५ हजार ६९, २.८० देखि ३.२० सम्म ७२ हजार ३६२, २.४० देखि २.८० सम्म ८९ हजार ३३१ २.०० देखि २.४० सम्म १ लाख २ हजार २९३, १.६० देखि २.०० सम्म ८८ हजार ४४७, १.२० देखि १.६० सम्म ३८ हजार ७७० र ०.८० देखि १.२० सम्म २२ सय जनाले प्राप्त गरेका छन् ।

कसरी हेर्ने नतिजा ?

राष्ट्रिय परीक्षा बोर्डले एसइई परीक्षाको नतिजा सहजै हेर्ने व्यवस्था गरेको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए।  विद्यार्थीले वेबसाइट, एसएमएस र आइभिआरबाट नतिजा हेर्न सकिन्छ। परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गरी प्राप्त निर्देशनअनुसार नतिजा जान्न सकिने व्यवस्था गरेको छ।एसएमएसका लागि १६००, ३१००३, ३४९४९,  ३५००१ र ३१०६४ मा डायल गर्न सक्ने व्यवस्था गरेको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको बेवसाइट www.see.gov.np  मा हेर्न सकिने बोर्डले जनाएको छ। www.neb.gov.np,  www.see.ntc.net.np, www.khaltif\.com, www.neemaacademy.com, www.ekantipur.com, www.theconncetplus.com, www.see.edusanjal.com, www.admissionnepal.com, www.seenicasiabank.com, www.neemaaacademy.com, www.mypay.com.np, www.nepaleducatipnportal.com, www.ayoresult.com, ww.results.matraeducation.com, www.tuteeline.com  बाट नतिजा हेर्न सकिने व्यवस्था गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार