ताप्लेजुङमा पोमुको नेतृत्वमा ५ सय १ सदस्यीय पहिचानको लागि युवा घोषणा

ताप्लेजुङ । कोशी प्रदेशको नाम खारेजीको माग गर्दै आएको पहिचानबादीहरुले ताप्लेजुङमा युवा दस्ता घोषणा गरेको छ । बिहीवार नवीन पोमुको नेतृत्वमा ५ सय १ सदस्यीय पहिचानको लागि युवा घोषणा गरिएको हो । सिटि हल (सामुदायिक भवन) भेला भएर ताप्लेजुङ बजारमा मार्च पास गरेको थियो । कार्यक्रममा घटकका किरात धर्म साहित्य उत्थान संघका अध्यक्ष डकेन्द्रसिंह थेगिम, जनमुक्ति छ घटकका अध्यक्ष केपि पालुङ्वा, सलिराम,  अध्यक्ष कुमार लिङ्देन, नेकपा, एकीकृत सनाजवादीका नेता कृष्ण चोङ्वाङ, जसपा, नेपाल लिम्बुवान राष्ट्रिय समिति मुख्य सचिब, केदार धिमाल, कियाचु, लिम्बुवान प्रदेश अध्यक्ष मधु केरुङ, पहिचानको लागि युवाका सदस्य सचिब साहस राई लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार