ओखलढुंगामा ताराको नेतृत्वमा कोशी प्रदेश नामाकरणविरुद्धको युवा दस्ता घोषणा

ओखलढुंगा । प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समितिको ब्यानरमा संघर्ष गर्दै आएको पहिचानबादीहरुले ओखलढुंगामा युबा दस्ता तयार गरेका छन् ।

पहिचानकाे लागि युवा नामक दस्ताको जिल्लाको नेतृत्व तारा हाङ राईले गर्नेछन् । शनिबार राईको संयोजकत्वमा १ सय ५१ सदस्य पहिचानको लागि युबा घोषणा गर्दै घोषणा सभा सम्पन्न भएको छ । पहिचानको लागि युवा दस्ता स्थानीय नगरपालिका र गाउपालिका बिस्तार गरिने बताइएको छ।

तुम्लोखिम किराया ओखलढुंगामा भएको घोषणा सभा अघि  मुकाममा र्याली निकालिएको थियो । रकार्यक्रममा नेपाल आदिवासी जनजाति महासङ्घका निवर्तमान उपाध्यक्ष गोबिन्द छन्त्याल, पूर्व महासचिव आङ्काजी शेर्पा, किरात राई यायोख्खाका उप महासचिव अर्जुन जम्नेली राई, किरात याक्थुङ चुम्लुङ्की महासचिव निरन्ती तुम्बापो, पूर्व मन्त्री गोपाल किराँती, लाक्पा शेर्पा, थगेन्द्र राई, नेत्र नेम्वाङलगायत पहिचानबादी अभियन्ताहरुले सम्बोधन गरेका छन् । प्रदर्शनकारीले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमा कोशी प्रदेश लेखिएको अक्षर समेत मेटाइदिएका छन् ।

संघर्ष समिति गत फागुन १७ गते कोशी प्रदेश नामाङ्करण गरेसङ्गै त्यसको विरुद्धमा प्रदर्शन गर्दै आएको छ ।  पहिचानबादीहरुले पहिचानको लागि युवा घोषणा सभाको आयोजना गर्दै प्रदर्शन गरिरहेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार