पटके शुल्क बन्द गरि करमा एकरूपता बनाउनु पर्छ: महासङघ

पथरी । सामुदायिक बन उपभोक्ता महासङ्घ नेपाल पथरी शनिश्चरे मोरङ्ले स्थानीय सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।
शुक्रबार महासङ्घकी नगर अध्यक्ष मैनादेबी फुयाल नेतृत्वको टोलीले नगर प्रमुख मोहन तुम्बापोलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा फोहोर मैलालाई दीर्घकालीन रूपमा  समस्या समाधान गर्नुपर्ने र वडा कार्यालयबाट बनले तिर्दै आएको पटके कर हटाई करमा एकरुपता कायम गर्नुपर्ने माग गरेको छ । नगरपालिकाको बन वातावरणको बजेट कार्यान्वयन गर्दा महासङ्घमार्फत समूहले गर्ने गरि व्यवस्थापन गर्नुपर्ने माग पनि गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार