साहित्य समाजको ऐना: प्रदेश प्रमुख खापुङ

बिराटनगर । साहित्य समाजको ऐना भएको र ऐनाले सधैँ सक्कल कुरामात्रै देखाउने प्रदेश प्रमुख माननीय परशुराम खापुङले बताएका छन् ।

आज बिराटनगरमा प्रतिभा पुरस्कार प्रतिष्ठानद्वारा आयोजित पुरस्कार तथा सम्मान समर्पण समारोहमा बोल्नुहुँदै प्रदेश प्रमुखज्यूले सो कुरा बताएका हुन् । आदिकवि भानुभक्त आचार्यको २१०औं जन्मजयन्तिको अवसर पारेर गरिएको कार्यक्रममा प्रदेश प्रमुखले भाषा, साहित्यको माध्यमबाट राष्ट्रिय एकतामा योगदान गर्नुहुने राष्ट्रिय विभुति आदिकविप्रति श्रद्धा पनि प्रकट गरे ।

प्रतिभा पुरस्कार प्रतिष्ठानले साहित्यकार नरेन्द्रराज पौडेल (सिन्धुपाल्चोक), कवि एवं नाट्य निर्देशक अशेष मल्ल (धनकुटा), साहित्यकार पद्मराज जोशी (कैलाली), पिण्डेश्वर संस्कृत मावि धरानका संस्थापक प्रा. पुरुषोत्तम भट्टराई, साहित्यकार एवं संस्कृतिकर्मी मान बज्राचार्य (चतरा सुनसरी), उपन्यासकार जानुका खतिवडा (झापा)लाई सम्मान तथा नगद् पुरस्कार प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार