बिराटनगर । प्रदेश प्रमुख परशुराम खापुङले भानुकला केन्द्रले देशको अमुल्य निधिलाई सदैव सम्मान गरेको बताएका छन।
आदिकवि भानुभक्त आचार्यको २१०औं जन्मजयन्तको उपलक्ष्यमा भानुकला केन्द्रद्वारा आयोजित कार्यक्रममा प्रदेश प्रमुख खापुङले बताएका हुन् । ‘स्रष्टा सम्मान, समावेशी बहुजातीय सांस्कृतिक कार्यक्रम भनेर आमन्त्रण गर्नुभयो, त्यो पढ्नेबित्तिकै मुलुकसुहाउँदो कार्यक्रम हुन लागेको बुझेँ ।” प्रदेश प्रमुख खापुङले थपे । आदिकवि भानुभक्त आचार्य र भानुकला केन्द्रका संस्थापक चतुर्भुज आशावादीको फोटोमा माल्र्यापण गरेर शुरु गरिएको कार्यक्रममा साहित्यकार हरिप्रसाद बराल र पत्रकार तारा अचार्यलाई सम्मान गरिएको थियो । साहित्यकार दधिप्रसाद सुवेदीले आदिकवि भानुभक्त आचार्यको जीवनीमाथि प्रकाश पारेका थिए भने विभिन्न भाषाका कविता र नृत्यहरु कार्यक्रममा प्रस्तुत भएको थियो ।
विवश पोखरेल, मधु पोखरेल, खेम नेपाली, हरि कट्टेललगायत श्रष्टाहरुको उपस्थिति रहेको कार्यक्रमको सभापतित्व भानुकला केन्द्रकी अध्यक्ष माया पौडेल आशावादीले गरिन।


187 पटक हेरिएको 












