पथरी । पथरी शनिश्चरे नगरपालिका पशु पन्छी तथा मत्स्य शाखाले आर्थिक वर्ष २०८२/८३ अन्तर्गत मागमा आधारित ५०% अनुदानमा माछा भुरा वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
बुधबार आयोजित कार्यक्रममा नगर प्रमुख मोहन प्रसाद तुम्वापो र उप–प्रमुख देविमाया काफ्लेको उपस्थितिमा माछा भुरा वितरण गरिएको हो । मत्स्य प्राविधिक सहायक जनक चौधरीका अनुसार नगरभरिका १० वटा माग भएका स्थानमा माछा भुरा वितरण गरिएको छ । कार्यक्रमले स्थानीय स्तरमा माछापालन व्यवसायलाई प्रोत्साहन गर्ने, उत्पादन वृद्धि गर्ने र किसानको आयआर्जनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


20 पटक हेरिएको 




