मङगलबार सार्वजनिक बिदा

पथरी । धिमाल समुदायको महान सांस्कृतिक पर्व “जातिरी” को समापन दिवसको अवसरमा तीन स्थानीय तहले सार्वजनिक बिदा घोषणा गरेको छ ।

दमक नगरपालिका, पथरी शनिश्चरे नगरपालिका तथा उर्लाबारी नगरपालिकाले सोमबार छुट्टाछुट्टै सार्वजनिक सूचना जारी गर्दै असार २ गते स्थानीय सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराएका हुन्। नगरपालिकाहरूले धिमाल समुदायको भाषा, संस्कृति, परम्परा तथा सांस्कृतिक पहिचानको संरक्षण र सम्मानस्वरूप बिदा घोषणा गरिएको उल्लेख गरेका छन्। सो बिदा सम्बन्धित नगरपालिकाका कार्यालय, वडा कार्यालय तथा मातहतका शैक्षिक संस्थाहरूमा लागू हुने जनाइएको छ।
यसैबीच, धिमाल समुदायको साझा संस्था धिमाल जातीय विकास केन्द्र (धिजाविके) केन्द्रीय समिति ले तीनवटै नगरपालिकाप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। समितिले एक विज्ञप्ति जारी गर्दै समुदायको भाषा, संस्कृति, परम्परा र पहिचानप्रति सम्मान प्रकट गर्दै सार्वजनिक बिदा घोषणा गरेकोमा स्थानीय सरकारहरूको प्रशंसा गरेको केन्द्रका केन्द्रीय सदस्य मोहन धिमालले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार