पथरी । पथरी शनिश्चरे नगरपालिकाकी उप–प्रमुख तथा अनुगमन समितिकी संयोजक देविमाया काफ्लेको अगुवाइमा नगरका विभिन्न योजना तथा कार्यक्रमहरूको अनुगमन गरिएको छ ।
आज नगर क्षेत्रमा सम्पन्न भएका ८ वटा योजना तथा कार्यक्रमको स्थलगत अनुगमन गरिएको हो । अनुगमनका क्रममा संयोजक काफ्लेले योजनाहरू स्वीकृत स्टिमेट तथा मापदण्डअनुसार कार्यान्वयन भए–नभएको विषयमा निरीक्षण गर्नुभएको थियो । साथै, योजनाको गुणस्तर, प्रगति र प्रभावकारिताबारे समेत जानकारी लिइन् । अनुगमनमा नगर अनुगमन समितिका सदस्य वीरबहादुर राई, अञ्जना दर्जी, इन्जिनियरद्वय हसरत अली नेपाल र सन्तोष केसीसहित प्राविधिक टोलीको सहभागिता रहेको थियो ।
नगरपालिकाले विकास निर्माणका कामलाई पारदर्शी, गुणस्तरीय र प्रभावकारी बनाउन नियमित रूपमा अनुगमन कार्यलाई निरन्तरता दिँदै आएको छ ।


3 पटक हेरिएको 




