निलो सिरिस मार्ग बनाउन वृक्षारोपण

पथरी । पथरी शनिश्चरे वडा नं. २ मा अवस्थित जयचौक दक्षिण बाटोलाई ज्याकरान्डा (निलो सिरिस) विशेष मार्ग बनाउने वडा कार्यालय र चौतारी वनको योजना अन्तर्गत वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ ।

पथरीशनिश्चरे २ मा स्थापित रेडस्टार मावि, वाल्मीकि माविका विद्यार्थीहरु, स्थानीय समाजसेवीहरुको उपस्थितिमा वृक्षारोपण गरिएको हो  । १ सय ६० वटा निलो सिरिसको बिरुवा रोपिएको वडा अध्यक्ष नैना राईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार