झापामा संघीयता, पहिचान र संमृद्धि विषयक गोष्ठी

बिर्तामोड(झापा)। यहाँक्ल ब्याङक्वेट पार्टी प्यालेसको सभाहलमा साउन ६ गते शनिबार गोष्ठी सम्पन्न गरिएको हो ।

प्रदेश नं. १ पुन: नामाङ्कन संयुक्त संघर्ष समिति झापाको आयोजनामा भएको कार्यक्रममा वेस्टर्न मिचिगन युनिभर्सिटीका प्राध्यापक डा. महेन्द्र लावतीले संघीयता, पहिचान र संमृद्धिको विषयमा विभिन्न मुलुकमा भएको संघीय मोडलको वारेमा प्रष्ट्याए ।उनले संघीयता लागू भएको मुलुकमा अत्यन्तै बिकास भएको समेत बताए । नेपालमा लागू गरिएको मोडल नक्कली संघीता भएको उनले दाबी गरे । अबको समय पहिचानको भएको दावा गर्नुहुँदै पहिचान भन्ने तत्व धनी, गरीब र माध्यम वर्ग सबैको आकवश्यकता हो भन्ने कुरा सुझाउनुभयो । जबसम्म देशका सम्पूर्ण नागरिकले धर्म, भाषा, संस्कार, संस्कृति सहितको राज्यप्रति अपनत्वको महशुस गर्दैनन् तबसम्म मुलुकमा संमृद्ध हुन नसक्ने दावा गरे। संघीयता, पहिचान र संमृद्धिको वारेमा ३ घण्टा लामो मन्तव्य राखेका प्रदेश  नं. १ मा उठेको आन्दोलनलाई तार्किक निष्कर्षमा पुर्याउनको निमित्त जनताको आधारभूत आवश्यकता र अवस्थालाई पनि ज‍ोडेर राजनैतिक शक्ति निर्माण गरेर अघि बढ्न समेत सुझाए ।

कार्यक्रमलाई रोचक रूपमा अघि बढाउन विशेष सहयोग गर्दै फरक आयामका कवि साङ्सेन पन्धाकले पहिचानवादी कविता बेजोडका साथ प्रस्तुत गरेका थिए । कार्यक्रममा पहिचानवादी नेता सञ्जुहाङ् पालुङ्वा, डिक्याट अध्यक्ष त्रिनारायण राजवंशी, जनता समाजबादी पार्टी झापाका अध्यक्ष दिपेनवाला राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च झापाका अध्यक्ष राजा आङ्थुप्पोलगायत १५ वटै स्थानीय नगर र गाउँका संघर्ष समितिका अध्यक्ष र पहिचानवादी जनमानसको व्यापक उपस्थिति भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार