लुटपाट रोक्न शान्तिले थाल्यो झाडी सफाइ

पथरी । शान्ति सामुदायिक बन उपभोक्ता समुह पथरी शनिश्चरेले आफ्नो  बन क्षेत्रमा झाडी सफाइ गरेको छ ।

केहि महिनादेखि बन क्षेत्रमा लुटपाटको घटना घटेकाले सोमबारदेखि बनले सरसफाइ गरेको हो । बन कार्यबाहक अध्यक्ष हेम भक्त  गुरुङले पथरी शनिश्चरे १ नम्बर वडा कार्यालयको अनुरोधमा पथरी-जाते सडक खन्डको बनको क्षेत्रमा पर्ने करिब २ किलोमिटर सडकको पूर्व-पश्चिम सय/सय मिटर सफाइ गरेको बताएका छन् । शनिबारसम्म जारी रहने झाडी सफाइमा ४ टोल र उपटोलका उपभोक्तालाई कार्यविभाजन गरिएको छ ।  सोमबार भने डेड सय उपभोक्ताले सफाइ गरेको जनाएको छ। 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार