कोशी प्रदेशमा को को मन्त्री बने?

बिराटनगर । हिजो मात्रै  नियुक्त भएका कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा बुधबार आयोजित समारोहमा थापाले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
शपथ लिएसँगै नव नियुक्त मुख्यमन्त्री थापाले मन्त्रिपरिषद् समेत बनाएका छन् ।
निर्वतमान सभामुख माओवादी केन्द्रका नेता बाबुराम गौतम आर्थिक मामिला तथा योजनामन्त्रीमा नियुक्त भएका छन् । त्यस्तै खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्रीमा कांग्रेसका प्रदीपकुमार सुनुवार र सडक पूर्वाधार तथा भौतिक विकासमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का कमलप्रसाद जबेगुले शपथ लिए ।

मुख्यमन्त्री थापालाई समर्थन जनाएको जनता समाजवादी पार्टीले प्रदेश पुनः नामकरणको माग सम्बोधन नभएसम्म सरकारमा सहभागी नहुने जनाएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मुख्यमन्त्री थापालाई मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यलय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, उद्योग, कृषि तथा सहकारी मन्त्रालय, पर्यटन, वन तथा वातावरण मन्त्रालय, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय जिम्मेवारी प्रदेश प्रमुखले तोकिदिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार