बिराटनगर । जनता समाजबादी पार्टी नेपालकी नेतृ निर्मला लिम्बुले कोशी प्रदेश सरकारमा पार्टी सहभागी हुने बताएकी छिन् । बुधबार बिहान सामाजिक संजालमा पूर्व मन्त्री समेत रहेकी लिम्बुले सो वताएकी हुन । `बर्तमान प्रदेश सरकार हाम्रो पार्टीको तर्फ बाट समर्थन छ ,त्यो समर्थन केन्द्र गठबन्धन को शैदान्तिक आधारमा छ ।´ उनले लेखेकी छिन्, `त्यहीँ आधारमा चाडै सरकारमा सहभागी हुनेछ । प्रदेश नामाङ्कनको संशोधन प्रस्ताव हुने छ । बिधिगत रुपमा लैजान नेकपा एमाले र राप्रपा पनि जनताको आवाजको पक्षमा छ्न भने ,आउनु पर्छ र जनताको आवाज लाई मान्नु पार्छ ।´
येस्तो छ स्टाटस
हाम्रो आशा भरोसा जगाउने र न्याय अधिकारको लडाईमा उर्जा दिने आजको दिन प्रती, बिश्व भरी रहेका राज्य बाट शोशित दमन हामी आदीमकाल देखि बसोबास गर्नेहरुको हाम्रो मुक्तिको सघर्ष शुरुको दिन होस ,या उत्सबको दिन होस । न्याय प्रेमी ,तमाम दाजुभाइ तथा दिदी बैनी लगायत उत्पीडित बर्ग मुक्तिको लागि लडने सम्पुर्णमा २९ औ विश्व आदिवासी दिवसको उपलक्ष्यमा म आबद पार्टी जसपा ,प्रदेश सासद को तर्फ बाट हार्दिक शुभकामना आभार ब्यक्त गर्न चाहन्छु ।
आज मैले केही कुरा शेयर गर्नु पर्छ , गणितीय दम्बमा र परिपक्व छलफल बिना षड्यन्त्र मुलक ढङ्ले कोशी प्रदेशको नामाकन प्रती हाम्रो पार्टी र म मन्त्री भैरहदा पनि मुद्दा को लागी नैतिकता लाई दाउमा राखेर पहिचानको पक्षमा आवाज बुलन्द गरि विपक्ष मा मत राखेका थियौ । आझ आन्दोलन लाई सार्थक दिन ,राजीनामा दिएर आन्दोलन को गरिमा बढएको थिए । तर खै आज आन्दोलन के भै रहेछ कहा पुग्दैछ ??? । तर मलाई बिश्वास छ आन्दोलन निरन्तर रहने छ ।
बर्तमान प्रदेश सरकार हाम्रो पार्टीको तर्फ बाट समर्थन छ ,त्यो समर्थन केन्द्र गठबन्धन को शैदान्तिक आधारमा छ ।त्यही आधारमा चाडै सरकारमा सहभागी हुनेछ । प्रदेश नामाङ्कनको संशोधन प्रस्ताव हुने छ । बिधिगत रुपमा लैजान नेकपा एमाले र राप्रपा पनि जनताको आवाजको पक्षमा छ्न भन्ने ,आउनु पर्छ र जनताको आवाज लाई मान्नु पार्छ । त्यसैले हाम्रो पहिलो कदम प्रदेश नामाङकनको बिषय हुने छ । भन्दै सबैमा सेवारो फेरी पनि हार्दिक शुभकामना ब्यक्त गर्दछु ।


153 पटक हेरिएको 












