पथरी । नेपाल आदिबासी जनजाति महासंघ पूर्ब सघीय महासचिव आङ्काजी शेर्पाले आदिबासी जनजाति विरुद्ध विभेद र अत्याचारले सीमा नाघेमा हतियार उठ्न सक्ने चेतावनी दिएका छन् ।
मोरङको पथरी शनिश्चरेमा नेपाल आदिबासी जनजाति महासंघ नगर समन्वय समितिद्वारा बुधबार आयोजित २९ औं विश्व आदिबासी दिवस कार्यक्रममा शेर्पाले सो चेतावनी दिएका हुन् ।
डेढ सय किलो सुन तस्कारी गर्ने व्यक्तिहरु पक्राउ नपर्ने र दुई किलो गोरुको मासु किनेर ल्याएको आरोपमा आदिबासी र मुस्लिम समुदायलाई जेलमा कोच्ने क्रम नरोकिए विद्रोह निश्चित रहेको शेर्पाको भनाइ थियो । राना, पञ्च र लोकतन्त्र आइसक्दा पनि ‘२ प्रतिशत भ्रष्ट बाहुन’हरुले शासन सत्ता संचालन गर्दै आएको नेपालमा सात वटा संविधान बनिसक्दासम्म जनताको अवस्था परिवर्तन हुन नसकेको शेर्पाको भनाइ थियो । भ्रष्ट ब्यक्तिहरुको आलोचना गर्दा हलो जोतेर र भारी बोकेर जिविको पार्जन गर्दै आएका ‘बाहुन’हरुको चित्त दुख्नु नहुने शेर्पाले बताए ।
आदिबासी समुदायले शासन चलाउन पाए नेपाल दशकमै जापान, कोरिया, सिंगापुर जस्तो बन्न सक्ने भनाइ थियो । शेर्पाले अत्याचार भएपछि भारतको मनिपुरमा भखैरै विद्रोह भएको बताएका छन् । नेपालको मिडिया हिन्दूवादी, घोर सत्ता पक्षीय जातिवादी सोचबाट ग्रस्त भएको कारण टेकुमा तामाङ र मगर समुदायको महिलाहरुलाई नियन्त्रणमा लिएर चरम यातना दिएको समाचार कभर नगरेको आरोप लगाए ।
पथरीशनिश्चरेमा विश्व आदिबासी दिवस,
शेर्पा भन्छन ‘आदिबासीलाई विभेद र अत्याचारको सीमा नाघे हतियार उठ्न सक्छ’
मोरङ । नेपाल आदिबासी जनजाति महासंघ पूर्ब सघीय महासचिव आङ्काजी शेर्पाले आदिबासी जनजाति विरुद्ध विभेद र अत्याचारले सीमा नाघेमा हतियार उठ्न सक्ने चेतावनी दिएका छन् ।
मोरङको पथरीशनिश्चरे—१, स्थित साकेला थानमा नेपाल आदिबासी जनजाति महासंघ नगर समन्वय समितिद्वारा बुधबार आयोजित २९ औं विश्व आदिबासी दिवस कार्यक्रममा शेर्पाले सो चेतावनी दिएका हुन् ।
डेढ सय किलो सुन तस्कारी गर्ने व्यक्तिहरु पक्राउ नपर्ने र दुई किलो गोरुको मासु किनेर ल्याएको आरोपमा आदिबासी र मुस्लिम समुदायलाई जेलमा कोच्ने क्रम नरोकिए विद्रोह निश्चित रहेको शेर्पाको भनाइ थियो ।
राना, पञ्च र लोकतन्त्र आइसक्दा पनि ‘२ प्रतिशत भ्रष्ट बाहुन’हरुले शासन सत्ता संचालन गर्दै आएको नेपालमा सात वटा संविधान बनिसक्दासम्म जनताको अवस्था परिवर्तन हुन नसकेको शेर्पाको भनाइ थियो । भ्रष्ट ब्यक्तिहरुको आलोचना गर्दा हलो जोतेर र भारी बोकेर जिविको पार्जन गर्दै आएका ‘बाहुन’हरुको चित्त दुख्नु नहुने शेर्पाले बताए ।
आदिबासी समुदायले शासन चलाउन पाए नेपाल दशकमै जापन, कोरिया, सिंगापुर जस्तो बन्न सक्ने भनाइ थियो । शेर्पाले अत्याचार भएपछि भारतको मनिपुरमा भखैरै विद्रोह भएको बताएका छन् । नेपालको मिडिया हिन्दूवादी, घोर सत्ता पक्षीय जातिवादी सोचबाट ग्रस्त भएको कारण टेकुमा तामाङ र मगर समुदायको महिलाहरुलाई नियन्त्रणमा लिएर चरम यातना दिएको समाचार कभर नगरेको आरोप लगाए ।
नगर प्रमुख मोहन तुम्बापोले विश्व आदिबासी दिवसको शुभकामना दिदै नगर भित्र बोलिने भाषा र संस्कृति संरक्षणमा लाग्ने बताएका छन् । नेपालमा सुन तस्कर, ललिता निवास काण्ड जस्ता बेथिति बढेको उल्लेख गर्दै आम जनता सचेत हुनुपर्ने तुम्बापोको भनाइ थियो ।
नेपालमा हालसम्म हुँदै आएको राजनीतिक उपलब्धिको रक्षा गर्दै थप उपलब्धिको लागि लाग्नुपर्ने र अधिकारको प्राप्तिको आन्दोलनरत संगठनहरुले सहि ब्यबस्थापन र सद्भावको बारे ख्याल पुर्याउनु पर्ने नगर प्रमुख तुम्बापोको सुझाव थियो ।
किरात राई यायोक्खा उपमहासचिव अर्जुन जम्नेली राईले प्रदेशको नाम कोशी खारेज भए केपी ओली लगायतका नेताहरुलाई कालो झण्डाको सट्टा पहिचानको फूलले स्वागत हुने बताएका छन् ।
कोशी प्रदेश नाम खारेजी र पहिचानको आधारमा पुनःनामाङ्नको आन्दोलन कुनै पार्टी र खसआर्य समुदाय विरुद्ध नभएर घोर साम्प्रदायिक सोच र ब्यबहार विरुद्ध भएको बताए । पुनः नामाङ्कन आदिबासीको आत्मा सम्मान र गौरवसँग जोडिएको बिषय भएको राईको भनाइ थियो । पहिचानको आन्दोलनमा मारिएका लाजेहाङ, प्रहरीको गोली, लाठी लागेका घाइतेहरु, जेल परेका, झुठा मुद्धा लगाइएका युवाहरु, अधिवक्ता भगवति पाण्डे विरुद्धको आन्दोलनमा प्रहरीको चरम यातना पीडित तामाङ, मगर लगायत उत्पीडित आदिबासीहरुको पीडा र जायज माग सम्बोधनमा लागेमा केपी ओली, योगेश भट्टराई लगायत ८२ प्रदेश सांसदलाई कालो झण्डाको सट्टा पहिचानको फूलले स्वागत गर्न तयार रहेको उपमहासचिव राईको भनाइ थियो ।
बृहत नेपाली शब्द कोश अनुसार कोशी, कौषिक ऋषि भन्ने रहेकोले गोत्रीय आधारमा राखिएको नामले प्रदेशबासीको साझा भाबनाको प्रतिनिधित्व गर्न नसक्ने राईको तर्क थियो ।यायोक्खा उपमहाचिव राईले कोशी नाम खारेजी नभएसम्म आन्दोलन नरोकिने बताए । आन्दोलनमा एकपछि आर्को समर्थन बढ्दै गएको तर्क प्रस्तुत गर्दै एमाले, कांग्रेसका सचेत कार्यकर्ताहरु समेत लागिरहेको उपमहासचिव राईको भनाइ थियो ।
नेपाल आदिबासी जनजाति महासंघ नगर समन्वय समितिको अध्यक्ष देबेन्द्र वनेमको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष राजेन्द्र गुरुङले स्वागत मन्तब्य राखे । समितिको सहसचिव कला मगरले सञ्चालन गरेको कार्यक्रममा संविधान सभा सदस्य चण्डीप्रसाद राई, निवर्तमान नगर प्रमुख दिलिप राई, इलाका प्रहरी कार्यालय प्रमुख डीएसपी लक्ष्मी भण्डारी, वडा अध्यक्षहरु नैना राई, नवीन कार्की, किरात राई यायोक्खा केन्द्रीय सदस्य नरहाङ राई, मोरङ जिल्ला सचिव कासिहाङ राई, किरात याक्थुङ चुम्लुङका केन्द्रीय सदस्य सन्तोष सिरेङ, नेपाल तामाङ घेदुङको १ नं. प्रदेश समिति सचिव चन्द्र तामाङ, युवा अभियान्ता लोकसागर साम्बा महासंघ नगर समिति पूर्ब अध्यक्ष हेमभक्त तमु लगायतको उपस्थिति रहेको थियो ।औपचारिक कार्यक्रम अघि कोशी प्रदेश नाम, खारेज गर, मानव अधिकारको रक्षा गर, सांस्कृतिक अतिक्रमण बन्द गर लगायतको नारा, जुलुससहित पथरी बजार परिक्रमापछि यायोक्खाको साकेला थानमा कार्यक्रम भएको थियो ।
कार्यक्रममा राई, लिम्बू, मगर, गुरुङ, थारु, तामाङ, थारु, माझी, सन्थाल, धिमाल, राजवंशी, नेवार, उराव, सुनुवार, याक्खा लगायत १८ भन्दा बढी समुदायको साँस्कृतिक झाकी प्रदर्शन भएको थियो । झाकी प्रस्तुत गर्ने कलाकारहरुलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।


143 पटक हेरिएको 












