शिवसताक्षी(झापा)। अन्तर्राष्ट्रिय युवा दिवस(अगस्ट १२)को अवसरमा शनिबार याक्थुङ युवा मन्च झापाले प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
शिवसताक्षी ८ स्थित युङ्गी क्याफेको सभाहलमा भएको कार्यक्रममा जिल्ला भरिका याक्थुङ युवाहरु भेला भएका थिए । `पहिचान र अस्तित्व´ बिषयमा अन्तर्कृया तथा साङ्गठनिक प्रशिक्षण कार्यक्रम गरि युवा दिवस मनाइएको मन्चका जिल्ला अध्यक्ष देबिप्रसाद निङ्लेकु (प्रताप)ले जानकारी दिए । कार्यक्रममा नेपाली कांग्रेस झापाका पुराना नेता सन्तोष कुमार मेन्याङ्बो, याक्थुङ मञ्चका अध्यक्ष राजेन्द्र इधिङ्गो, किरात याक्थुङ चुम्लुङ शिबसताक्षीका अध्यक्ष वीरबल जवेगु, मञ्चका केन्द्रिय उपमहासचिव मनकुमार आङदम्बे, रङ्गकर्मी तथा आदिवासी जनजाति लेखक बिक्रम वनेम फागो, पहिचानवादी कवि साङसेन पन्धाक, समाजवादी प्रेस संगठन झापाका अध्यक्ष अनिलदेब राई, किरात याक्थुङ चुम्लुङ भद्रपुर उपाध्यक्ष सुनिता लामा सुहाङ, मञ्च झापाकी सदस्य दिब्यकला थेबे, सहकारीकर्मी सन्त शेर्मा लिम्बुलगायतले आआफ्नो बिचार राखेका थिए ।
बक्ताहरुले राज्यविहिनताकोस्थितबाट उत्पीडित आदिवासीहरुको भूगोल, सभ्यता र ऐतिहासिक पक्षलाई समावेश नभएसम्म ‘पहिचान र अस्तित्व’को आन्दोलन जारी रहने बताएका छन् । बत्ताहरुले वर्तमान राजनीतिक विकासले पहिचानको आन्दोलन र मुद्दाहरू बनाउदै लगिरहेको भन्दै चिन्ता प्रकट गरेका थिए । उनीहरुले उत्पीडित जाति, बर्ग र समुदायको आवाजलाई गलत व्याख्या गरेर पहिचान र अस्तित्वको विषयलाई विषयान्तर गर्ने राजनीतिक दलको कार्यप्रति आक्रोस व्यक्त गरेका थिए । भूमि आफ्नो बाबुको विर्ता नठान्न अन्तरकृया कार्यक्रमका सहभागि बक्ताहरुले आग्रह गरे ।पहिचान र अस्तित्वको आन्दोलनप्रती संकिर्ण सोचाई वा साघुरो मानसिकताबाट मुक्त रहन समेत जोड गरेका थिए । राज्य निर्माण र पूर्नसंरचनामा आदिवासी जाति वा समुदायको योगदान हिजोदेखि हालसम्म महत्वपूर्ण रहेको भन्दै कार्यक्रमका बत्ताहरुले समावेशी र समानुपातिक ढंगले प्रदेशको नामकरण गरिनु अहिलेको मुख्य विषय भएको बताएका थिए ।
सो कार्यक्रमको सहजिकरण मञ्च झापाका पूर्व अध्यक्ष तथा सल्लाहकार समितिका संयोजक प्रेम शेर्माले गरेका थिए ।


167 पटक हेरिएको 












