२० वर्षपछि राईको घरमा उज्यालो 

शनिश्चरे । गाउँमा २० वर्ष अघि छिमेकमा बिजुली बत्ती बल्यो । तर  ‘बत्ती मुनि अध्यारो’ भने झै  पथरीशनिश्चरे ४ की ६५ वर्षीया वृद्धा गोपीमाया राईको घरमा बिजुली बलेन ।
वडा नं ४ को कार्यालयले बिजुलीको मिटर बक्स, तार र बल्व समेत व्यवस्थापन गरी विद्युत् सेवा उपलब्ध गराएपछि उनको झुपडीमा पनि रातै उज्यालो भएको हो ।  २० वर्ष अघि नै आफ्नै झुपडी अगाडि ठिंङ ठडिएको बिजुलीका पोल र झुण्डिएका तार देख्दा पनि उनको मुहारमा ‘ हर्क न विस्मात ‘ झैं देखिन्थ्यो ।
यतिका वर्षसम्म उनले बिजुली जोड्ने पैसाकै अभावमा टुकी बालेरै आफ्नो गुजारा चलाउँदै आइन् ।  ४ नम्बरका वडाध्यक्ष लोककिरण न्यौपानेको सकृयतामा वडाकै बजेटबाट बिजुली झलमल बलेको हो । बिजुलीको मिटर बक्स विद्युत अफिसबाट तथा बल्व र अन्य समाग्रीहरू वडा कार्यालयबाट व्यवस्थापन भएपछि मंगलबारदेखि राईको घर झलमल भएको हो । आफु जस्तै अस्वस्थ , वृद्ध र विपन्नको घरमा पनि उज्यालो बली दिएकोमा वडा अध्यक्ष सहितका जनप्रतिनिधिहरुलाई मुरी मुरी धन्यवाद दिइन् ,भने आफुलाई पनि निकै खुशी लागेको जनाईन्। वडा अध्यक्ष न्यौपानेले आफ्नो पहलमा विपन्न वर्गकी राईको घरमा बिजुली बत्ती बाल्न पाउदा आफ्नो ” सानो कामले ठूलो खुसी मिलेको प्रतिक्रिया दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार