महिलाद्वारा प्रदेश प्रमुख अभिनन्दत

बिराटनगर ।कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ अभिनन्दित भएका छन् । महिला जागृति तथा वृद्धाआश्रम, बुढिगंगा १, मोरङको १५ औं वार्षिकोत्सवको अवसरमा प्रदेश प्रमुख खापुङ अभिनन्दित  भएका हुन् । महिला जागृति तथा बृद्धाआश्रमका अध्यक्ष भवनेश्वरी आचार्यले प्रमुखज्यूलाई अभिनन्दन गरिन । त्यसैगरी वरिष्ठ समाजसेवी देवकिशन मुण्डदा, विजय सुराना, तेजेन्द्रकुमार कर्ण, फडिन्द्र थापालगायतलाई सम्मान प्रदेश प्रमुखबाट भएको थियो ।

कार्यक्रममा प्रदेश प्रमुखज्यूले सामाजिक कार्य, वृद्धवृद्धाको सेवा नै सबैभन्दा ठूलो धर्म भएको कुरा बताए । सामाजिक खलल पुर्याउने ढंगमा हुने एकअर्कामा आक्षेपले समुदायलाई असर पार्ने कुरा बताए। वृद्धाआश्रमकी अध्यक्ष भुवनेश्वरी आचार्यले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुहुँदै २५ जना क्षमता भएको आश्रममा ९ जना वृद्धा रहेको, आश्रमको लागि लायन्स क्लव, पालिका र मन्त्रालयबाट  सहयोग भई भवन निर्माण भइरहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार