फिपराज बेघा
पथरी । शनिबार चौथो संस्करणको पथरी शनिश्चरे प्रिमियर लिग (पीएसपीएल) क्रिकेटको अक्सन सम्पन्न भएको छ ।
अक्सनबाट ७ क्लबले १ सय ३ जना खेलाडी अनुवन्ध गरेका छन् । अक्सनका २ सय ३१ खेलाडी मध्ये १ सय २८ खेलाडी क्लबको रोजाइमा परेनन। देशमा हुने अन्य फ्रेन्चाइज क्रिकेटमा समेत सहभागी रहेका फिर्दाेस अन्सारी यस पटकको अक्सनमा महङ्गो खेलाडीका रुपमा रहे । सबै टिमको रोजाइमा रहेका फिर्दाेसलाई अघिल्लो संस्करणको विजेता टिम सात बाघले १४ हजार रुपैयाँको बोलीमा भित्राउन सक्यो । अक्सनको सुचीमा रहेका सुरज न्यौपाने दोश्रो महगो खेलाडी बने । उनलाई विरेन्द्र नगर स्टिल टाइगरले १२ हजार रुपैयाँको बोली लगायो । न्यौपानेलाई पनि अधिकास टिमले बोली लगाएका थिए । आइतबारे अस्त्रले मोहमद निसारलाई ८ हजार मोल लगाउँदा रोयल किङ्गले रोर्वट राईलाई ७ हजारमा अनुबन्धन गर्यो । क्लासिक एलाभेन हसन्दहले बुद्ध आले मगरलाई ५ हजार ४ सय, बुद्ध युनाइटेडले भुपेन राईलाई ६ हजारमा अनुबन्धित गर्यो । बुद्धले उमेर समुहमा राष्ट्रिय टिमबाट पनि प्रतिनिधित्व गरेका दिपेश कँडेललाई ४ हजार २ सय रुपैयाँमै टिममा भित्राउन सक्यो । नव प्रवेशी गोर्खाले सोलोमन राईलाई ७ हजार ८ सय रुपैयाँमा भित्रायो ।
लिगका लागि रोयल किङ्ग र आइतवारेले १६–१६ जना खेलाडी अनुवन्ध गर्दा सात बाघले १५ जना र बुद्ध युनाइटेड, विरेन्द्रनगर, हसन्दह र गोर्खाले समान १४ खेलाडी किन्न सफल भए । सात वटै टिमले शनिबार अक्सन (डाक बढाबढ) मार्फत खेलाडी अनुबन्ध गरेका छन् । अक्सनका लागि हरेक टोलीलाई ५० हजार जम्मा ‘वालेट’ राखिएको थियो । खेलाडीलाई ए, बी र सेव वर्गमा विभाजित गरि अक्सन गरिएको थियो । ए वर्गका लागि बेस प्राइज (न्युनतम) ३ हजार, बी र सी वर्गका लागि २ र १ हजार आधारभूत मूल्य राखिएको थियो । आयोजकले ५१ जना खेलाडीलाई ए, ३३ जनालाई बी र १ सय ४९ जना खेलाडीलाई सी क्याटोगरीमा राखेर अक्सन गरेका थिए।
आयोजकको अनुसार एक टिमले ४ जना नगर वाहिरका खेलाडीलाई अनुवन्धन गर्न पाउने छन् भने २ खेलाडीलाई प्लेइङ एलाभेनमा सहभागी गराउन सक्नेछ । लिग कार्तिक १० देखि कात्तिक २३ गते सम्म सञ्चालन हुनेछ । विजेता टिमलाई एक लाख ३१ हजार १ सय ११, दोस्रो हुने क्लबलाई ७१ हजार १ सय ११ नगद, ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजक समितिका अध्यक्ष बिरोज मगरले बताए ।


83 पटक हेरिएको 












