यस्तो छ नगरपालिकाको ६ निर्णयहरु

पथरी । पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षतामा बसेको नगर कार्यपालिका बैठकले महत्वपूर्ण निर्णयहरु पारित गरेको छ ।
आज नगरपालिकाको सभाहलमा भएको कार्यपालिका बैठकले ६ वटा निर्णयहरु पारित गरेको हो । आ.व. २०८०।०८१ को उद्यम विकास समितिबाट पारित भएका कार्यक्रमका लागि अनुमोदन गरियो, भवन निर्माण संहिता कार्यान्वयन कार्यविधि तथा घर नक्सा पास सम्बन्धी नीति तयार गरिने, नगरस्तरीय खेलकुद समिति पूर्व राष्ट्रिय खेलाडी दीपक राईको संयोजकत्वमा गठन, नगरपालिका भित्र संचालित कवाडी व्यवसायलाई करको दायरामा ल्याउने, नगर भित्रका विभिन्न संघ संस्थाहरुले स्वास्थ्य शिविर सञ्चालन गर्नु अघि नगर स्वास्थ्य शाखा र सम्वन्धित वडा कार्यालयबाट अनिवार्य अनुमति लिनुपर्ने, नगरपालिका भित्र वर्षात्का कारण खाल्डा भएका बाटोहरुलाई तत्काल मर्मत् सम्भार गरिने निर्णयहरु पारित गरिएको प्रवक्ता नविन कार्कीले जानकारी दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार