उर्लाबारी। धिमाल भाषाकाे गीत उराईने ओैदै बादेलता बाेल रहेकाे गीतकाे म्युजिक भिडियाेकाे प्रिमियर शाे गरिएकाे छ ।
बिहिवार धिमाल परियाेजना स्थल, उर्लाबारी, मंगलबारेमा धिमाल जातीय विकास केन्द्रका पदाधिकारी, सदस्य तथा कलाकारहरुकाे उपस्थितिमा प्रिमियर शाे गरिएकाे हाे । धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिका उपाध्यक्ष केदार धिमालले भिडियाे प्ले गरेर उक्त म्युजिक भिडियाेकाे प्रिमियर गरेका हुन । मेचु धिमाल र भुमिराज धिमालकाे स्वर रहेकाे गीतलाई सुवर्ण धिमालले निर्देशन गरेका छन् । भरत राजदिङकाे रचना र संगीत रहेकाे गितलाई एरेन्ज, मिक्सिङ डिआर स्टुडियाे दमकले गरेकाे हाे । भिडियाेमा सनम धिमाल र समिता धिमालकाे मुख्य भुमिका रहेकाे छ । त्यस्तै कलाकारहरुमा बिक्रम, भरत, राजेश, धनराज, दिपेश, श्रीप्रसाद रहेका छन् । प्रिमियर शाेमा धिमाल जातिय विकास केन्द्रका उपाध्यक्ष केदार धिमाल, सचिव रुकमिणि धिमाल, संगठन विभाग प्रमुख अजितकुमार धिमाल, न्याय तथा अनुशासन विभाग प्रमुख राेमान्सी धिमाल, उर्नि तुन्जाई साँस्कृतिक मञ्चका उपाध्यक्ष नरसिङ धिमाल, गायक/संगीतकार डिकबहादुर धिमाल लगायत म्युजिक भिडियाेका निर्देशक, कलाकार, गायकहरुकाे उपस्थिति रहेकाे थियाे । म्युजिक भिडियाे ढाेल उर्नि युट्युव च्यानलमा असाेज १२ गते (भाेलि) बाट हेर्न सकिने निर्देशक सुवर्ण धिमालले जानकारी दिए।


134 पटक हेरिएको 










