मुटु दिवसमा १ सय २८ लाभान्वित

पथरी । विश्व मुटु दिवसको अवसरमा आयोजना गरिएको नि:शुल्क स्वास्थ्य शिविरमा १ सय २८ जनाको मुटु जाँच सम्पन्न गरिएको छ । लर्ड बुद्ध साकोस पथरी शन्निश्चरे २ को कार्यालयमा आयोजित स्वास्थ्य शिविरको शुभारम्भ पथरी शनिश्चरे नगरपालिकाकी उप–प्रमुख देवीमाया काफ्लेबाट गरिएको थियो । शिविरमा सेवाग्राहीको स्वास्थ्य अवस्थालाई हेरेर अधिकतमको ईसीजी र ईको जाँच नि:शुल्क गरिनुका साथै केही औषधिहरू पनि नि:शुल्क नै वितरण गरिएको थियो ।

लर्ड बुद्ध साकोस तथा लायन्स क्लव अफ पथरी, लायन्स क्लव अफ पथरी शनिश्चरे, लायन्स क्लव अफ क्रिएटिभ लेडिज र लियो क्लव अफ पथरीको संयुक्त आयोजनामा भएको कार्यक्रममा नोवेल मेडिकल कलेजले प्राविधिक सहयोग उपलब्ध गराएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार