दुग्धजन्य पदार्थको मूल्यमा थपघट

पथरी । दुधजन्य परिकारको कारोबार गर्ने डेरी संचालकहरुले मोरङको पथरीशनिश्चरेमा दुग्धजन्य पदार्थहरूको मूल्य थपघट गरेको छ ।

असोज १६ गतेदेखि लागू हुने गरि दुग्धजन्य पदार्थहरूको मूल्य थपघट गरेको हो । मूल्यसूचि अनुसार दु:धको बिक्री मूल्य प्रतिलिटर ८० रुपैयाँ रहेको छ । यसअघि प्रति लिटर ९० रुपैयाँमा बिक्री भइरहेको थियो। यसैगरी, दु:ध, मही र दहीमा १० रूपैयाँको दरले घटेको छ । मही ६० रूपैयाँबाट घटेर ५० रूपैयाँ भएको छ भने १ सय २० रुपैयाँमा बिक्री भइरहेको दहीको मूल्य अब १ सय १० रुपैयाँ भएको छ । प्रतिकेजी ९ सय रुपैयाँमा बिक्री भैरहेको पनिरको बिक्री मूल्य ८ सय रुपैयाँ कायम भएको छ । यसैगरी, नौनी घिउको मुल्य ९ सय ५० रहेको बिहानी दुग्ध तथा कृषि सहकारी संस्थाका व्यवस्थापक नेत्र बरालले जानकारी दिए। चिसो मौसम सुरू भएको, पशु आहाराको मूल्य घट्नु र उपभोक्ताहरूमा देखिएको आर्थिक मन्दीको असर र ठुला ब्यापारीले साना ब्यापारीलाई भुक्तानी गर्न नसकेको कारण मूल्य घटाएको दु:ध डेरी संचालकहरुको भनाइ छ  ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार