माघ १७, मोरङ (से.स.) । किरात याक्थुङ चुम्लुङ पथरी शनिश्चरे मोरङको तेस्रो नगर अधिबेशनले बिक्रम पयाङ्गो प्रेमको अध्यक्षतामा शाखा समिति गठन गरिएको छ ।
सोमबार भएको अधिबेशनले उपाध्यक्षमा गणेश थक्लुङ, सचिबमा धन प्रसाद मदेन्छङ सावा, सह सचिबमा भर्तध्वज कुरुम्भङ खजुम र कोषाध्यक्षमा गङ्गा माया मादेन छन । त्यस्तै सदस्यहरुमा सुजन सावा, भत्त बहादुर जबेगु, वकिलमान थेबे, अजयदेब लिम्बू, सुरन्ता लिम्बू, छत्र कुमार कुरुम्भाङ, कोपिला हाङगाम र सुमित्रा थाङ्देन छन ।

कार्यक्रममा चुम्लुङ केन्द्रिय सदस्य खिममाया लिम्बु, पथरी शनिश्चरे नगरपालिकाका प्रमुख दिलिप कुमार राई, चुम्लुङ रास्ट्रीय सदस्य फिपराज बेघा, प्रदेश सदस्य सन्तोष सिरेङ चोङ्बाङ, सिरिजङ्गा स्मृति धार्मिक बनका अध्यक्ष गङ्गा सावाँ, पत्रकार अर्जुन जम्नेली राईलगायतले सम्बोधन गरेका थिए ।


308 पटक हेरिएको 









