वडा कार्यालयको सन्देश प्रबाह गर्दै वडा अध्यक्ष नैना राई ।
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका २ नम्बर वडा कार्यालयले बिद्युतीय सूचना साइकल तयार गरेको छ ।
नगरपालिकाको सेवा सुबिधा, सूचनाहरु प्रभावकारी रुपमा टोल, बस्तीहरुमा संचार गर्ने हेतुले सूचना साइकल तयार गरिएको वडा अध्यक्ष नैना राईले जानकारी गराए । वडा कार्यालयको १ लाख ५० हजार बजेटबाट सूचना साईकल तयार पारिएको हो । साइकल तयार गरेसङ्गै शुक्रबारबाट वडाले सिचाइको लागि कार्यालयले तयार गरेको अडियो सूचना सम्प्रेषण गरिरहेको छ । वडा अध्यक्ष राईले फुर्सद मिलाएर कर्मचारी र जनप्रतिनिधिले सूचना प्रभावकारी ढंगले प्रवाह गर्ने बताए ।


119 पटक हेरिएको 












