पथरी । मोरङ प्रहरीले १ सय ९७ जना फरार प्रतिबादीहरूलाई पक्राउ गरि मोरङ जिल्ला अदालतमा बुझाएको छ । चालु आर्थिक वर्षको बुधबारसम्ममा पक्राउ गरि ५२ बर्ष ८ महिना ५ दिन कैद र ३५ लाख ५३ हजार ३ सय ६४ रुपैया जरिवाना अशुल गरिएको मोरङ प्रहरीले जनाएको छ । मंगलबार र बुधबार मात्रै १४ जना फरार प्रतिबादी पक्राउ परेका हुन ।
सि.नं. प्रतिवादीको नाम मुद्दा शिर्षक कैद जरिवाना
१ साजन यादव केही सार्वजनिक अपराध रु,५००।–
२ उमानन्द यादव केही सार्वजनिक अपराध रु,३००।-
३ विदान राई विना ईजाजद बन पैदवार ओसारपसार १० महिना कैद
४ जिवन खवास चोरी २ महिना ४ दिन कैद, रू ५०००।-
५ टंक बहादुर बिक विना ईजाजद बन पैदवार काठ चिरान रू २५००।- जरिवाना
६ मेख बहादुर तामाङ विना ईजाजद बन पैदवार काठ चिरान रू २५००।- जरिवाना
७ मान बहादुर तामाङ विना ईजाजद बन पैदवार काठ चिरान रू २५००।- जरिवाना
८ शान्तिदेवी सिंह चलन हटक रू. २००।- जरिवाना
९ स्याबरण सिंह चलन हटक रू. २००।- जरिवाना
१० घनश्याम सिंह चलन हटक रू. २००।- जरिवाना
११ राम बिलास ऋषिदेव लुटपिट रू. २६५.६२ जरिवाना
१२ धरमलाल ऋषिदेव लुटपिट रू. २६५.६२ जरिवाना
१३ देवकुमार ऋषिदेव लुटपिट रू. २६५.६२ जरिवाना
१४ चन्दन ऋषिदेव लुटपिट रू. २६५.६२ जरिवाना
फरार प्रतिबादीहरुको खोजी तथा पक्राउ अभियान अन्तर्गत प्रहरीले प्रतिबादीहरु पक्राउ परेका हुन् ।


108 पटक हेरिएको 












