बन्द मेची लोकमार्ग खुल्यो

ताप्लेजुङ्ग । पक्राउ परेका दुई पहिचानवादी कार्यकर्ता रिहाइ भएपछि दुई दिनदेखि जारी मेची लोकमार्ग खुलेको छ ।

बुधबार साँझ ताप्लेजुङ संयुक्त संघर्ष समिति, जिल्ला प्रशासन, प्रहरी र राजनीति पार्टीको सहमतिपछि पहिचानवादी कार्यकर्ताहरु रिहाइ भएका छन् । रिहाइपछि आजैबाट मेची राजमार्ग र ताप्लेजुङ बन्द फिर्ता लिएको संयुक्त संघर्ष समितिले विज्ञप्ति प्रकाशन गरी जनाएको छ ।

प्रतिनिधि सभा सदस्य योगेश भट्टराई गृहजिल्ला ताप्लेजुङ आएपछि आइतबार भट्टराईको घरैमा कालो झण्डा प्रदर्शन तथा नारा जुलुस भएको थियो । सोही दिन भट्टराई चढेको गाडी जिल्ला सदरमुकाम पुग्दा ढुङ्गा प्रहारबाट क्षति भएको थियो । सोही आरोपमा पाथीभरा याङ्वरक–३ का बिपिन कङ्लिबा र आनन्द कङ्लिबा लिम्बूलाई प्रहरीले राति घरैबाट पक्राउ गरेको थियो । कोशी नाम खारेजी र पक्राउ परेका कार्यकर्ता रिहाइको लागि भन्दै संयुक्त संघर्ष समितिको आयोजनामा मंसिर १२ र १३ गते मेची राजमार्ग र ताप्लेजुङ बन्द भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार