बिराटनगर । प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेश सरकार मन्त्रीपरिषद्का सदस्यहरुको कार्यविभाजनसहित जिम्मेवारी हेरफेर गरेका छन ।
आइतबार मुख्यमन्त्री केदार कार्कीको मङ्सिर १६ गतेको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मुख्यमन्त्री कार्कीको नेतृत्वमा गठित मन्त्रीपरिषद्का सदस्यहरुको कार्यविभाजनसहित जिम्मेवारी हेरफेर गरिएको हो । मुख्यमन्त्री कार्कीको जिम्मेवारीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, उद्योग, कृषि तथा सहकारी मन्त्रालय, खानेपानी, सिँचाई तथा ऊर्जा मन्त्रालय, सामाजिक विकास मन्त्रालय र स्वास्थ्य मन्त्राल छन् । त्यसैगरी शम्शेर राईलाई आन्तरिक मामिला तथा कानून मन्त्रालय, गणेशप्रसाद उप्रेतीलाई पर्यटन, वन तथा वातावरण मन्त्रालय र कमलप्रसाद जबेगुलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी तोकिएको छ


72 पटक हेरिएको 












