माघ १९, झापा (से.स.) । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपाल शिवसताक्षी, झापाको नगर अधिवेशन हुने भएको छ ।
माघ १८ गते मङ्गलबार बसेको नगरको बैंठकले माघ २९ गते पहिलो अधिवेशन, नगर पार्टी कार्यालय(शिवसताक्षी–८) मा गर्ने निर्णय गरेको हो । कोरनाको माहामारीलाई ख्याल गर्दै वडाबाट प्रतिनिधिमूलक सहभागी गराइ मञ्चका उपाध्यक्ष ज्ञानुहाङ्ग इम्बुङ्काके प्रमुख आतिथ्यमा सम्पन्न गर्ने भएको नगर उपाध्यक्ष देबी बहादुर निङ्लेखु प्रतापले जनाए ।


406 पटक हेरिएको 











