ट्याक्टर भिरबाट खस्दा चालकको मृत्यु

संखुवासभा । जिल्लाको मकालु गाउँपालिका- ५ स्थित ट्याक्टर भिरबाट खस्दा चालकको मृत्यु भएको छ ।

हिजो दिउँसो ४ बजे को. २ त ८२३९ नम्बरको ट्रयाक्टर चालक स्थानीय २७ बर्षीय तिर्थ बहादुर तामाङको घटनास्थलमै मृत्यु भएको हो । मकालु- १ मा निर्माण भईरहेको पर्खालको लागि सिमेन्ट बोकी जाने क्रममा वालुङको दिङसुमा भन्ने ठाँउमा अचानक भिरबाट अन्दाजि ३५ मिटर तल खसेको थियो । घटना स्थलमा प्रहरीको टोलीले शवलाई सम्पूर्ण कानुनी प्रकृया पश्चात पोष्टमाटमको लागि जिल्ला अस्पताल खाँदबारी पठाईएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार