बिर्तामोड । किरात याक्थुङ चुम्लुङगुञ्जमान सुब्बा (आङबुहाङ) स्मृति पुरस्कार-२०८० द्वारा लेखक तथा साहित्यकार हरि हुक्पा चङबाङ पुरस्कृत भएका छन् ।
प्रजातन्त्र आन्दोलनका क्रान्ति योद्धा झापाबासी दिवंगत बौद्धिक व्यक्तित्व गुञ्जमान सुब्बा (आङबुहाङ) को स्मृतिमा स्थापना गरिएको कियाचु गुञ्जमान सुब्बा (आङबुहाङ) स्मृति पुरस्कार-२०८० द्वारा पुस १६ गते तद्नुसार जनवरी १ मा चङबाङलाई पुरस्कृत गरिएको हो ।
किरात याक्थुङ चुम्लुङ झापा शाखाको आयोजनामा आयोजित साहित्यकार तथा इतिहासकार इमानसिं चेम्जोङको १२१ औं जन्मजयन्ती तथा गुञ्जमान सुब्बा (आङबुहाङ) स्मृति पुरस्कार वितरण समारोहमा चङबाङलाई सो पुरस्कार प्रदान गरिएको हो ।लेखक तथा साहित्यकार चङबाङलाई समारोहका प्रमुख अतिथि किरात याक्थुङ चुम्लुङका संघीय उपाध्यक्ष डा. कमल तिगेलाले नगद पाँच हजारसहित पुरस्कृत प्रमाण-पत्र प्रदान गरेका छन् ।पुरस्कार चङबाङद्वारा लिखित दर्जनौं कृतिहरूमध्ये समाजसेवी दमक-१ निवासी गुमानसिं सम्बाहाङफेद्वारा प्रकाशित कृति “संक्षिप्त हाक्पारे गीत” अर्थात “चुक्मुक् हाक्पारे साम्लो” लाई छनौट गरि प्रदान गरिएको हो ।
किरात याक्थुङ चुम्लुङ झापाबाट प्रत्येक वर्ष वितरण गरिने गरि स्थापना गरिएको कियाचु गुञ्जमान सुब्बा (आङबुहाङ) स्मृति पुरस्कार अक्षय कोषको लागि सुब्बाका बहिनीज्वाँइ विर्तामोड नगर पालिका वडा नं. १ निवासी क्या. जगनधोज वनेम र बहिनी कृष्णकुमारी आङबुहाङ वनेमले र१ लाख ५० हजार हस्तान्तरण गरे ।
समारोहमा प्रमुख अतिथि संघीय उपाध्यक्ष तिगेला, संघीय सदस्य इक्शा सम्बाहाङफे, पुरस्कृत व्यक्तित्व कियाचुका पूर्व केन्द्रीय उपाध्यक्ष हरि हुक्पा चङबाङ, गुञ्मान सुब्बाका स्मृतिग्रन्थका सम्पादक र/लेखक बालचन्द्र आङबुहाङ्, जिल्ला सल्लाहकारद्वय क्या. जगनधोज वनेम, दुर्गा नेम्बाङ लगायतले साहित्यकार इमानसिं चेम्जोङ र गुञ्जमान सुब्बा (आङबुहाङ) को ईतिहास, साहित्य र सामाजिक रूपान्तरण योगदानको चर्चा गरेका छन् ।
झापा जिल्ला अध्यक्ष सेसेहाङ फियाक लिम्बूको सभापतित्व सम्पन्न समारोहमा जिल्ला सदस्य तथा अभिभावक योगचन्द्र आङबुहाङले कार्यक्रमको औचित्य बारेमा प्रष्टाए ।


111 पटक हेरिएको 







