लागुऔषध गाँजा सहित आकाश पक्राउ

शहिदभूमी । धनकुटाको शहिदभुमी गाउँपालिका-६ स्थितबाट लागुऔषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो प्रहरी चौकी आखिसल्लाबाट खटिएको प्रहरीले छिन्ताङ-हिले सडक खण्डमा प्रदेश १-०२-००१ ज ४०७७ नम्बरको बोलेरो गाडीसहित पक्राउ गरेको हो । चेकजाँच गर्ने क्रममा गाडीको हुटमा रहेको झोलामा लुकाई छिपाई राखेको ३ किलोग्राम गाँजा बरामद भएसंगै गाडीमा सवार झोला धनी शहिदभुमी- ५ का आकाश राईलाई नियन्त्रणमा लिएको हो ।
लागुऔषध गाँजा सहित पक्राउ परेका राईको जिल्ला प्रहरी कार्यलाय धनकुटाबाट थप अनुसन्धान भईरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार