ताप्लेजुङ । जनता समाजबादी पार्टी (जसपा) नेपाल ताप्लेजुङ जिल्ला समितिको पुनर्गठन शनिबार गरिएको छ ।

पार्टीका केन्द्रिय सदस्य मचिन्द्र बेघा, प्रदेश न १ उपाध्यक्ष प्रेम वनेम, लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष जेन्टल लावती, रलिम्बुवान राष्ट्रिय समितिका उपाध्यक्ष सन्जय मेवाहाङ राई, मुख्य सचिव केदार धिमाल, लिम्बुवान राष्ट्रिय कार्यकारिणी समिति सदस्य सुर्य तमु, सदस्य सुजित ओख्राबो, लिम्बुवान राष्ट्रिय समिति सल्लाहकार मोति पालुङवालगायतको उपस्थितिमा पुनर्गठन गरिएको हो । पुनर्गठित समितिको अध्यक्षमा पुनः कीर्तिमान मादेन चयन भएका छन् ।
३१ सदस्यीय समितिको उपाध्यक्षद्वयमा भक्त येङ्देन, भरत गुरुङ, सचिवमा श्री लिङ्खिम, उप सचिबद्वयमा अरुण लेछर्वी, सरोज कङ्लिवालगायत छन्


94 पटक हेरिएको 












