बिराटनगर । मोरङ र सुनसरी जिल्लाको छुट्टाछुटै स्थानबाट प्रतिबन्धित लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो अपरान्ह ५ बजे बिराटनगर महानगरपालिका-१६ भट्टीमोड स्थितमा ईलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले पैदल यात्री स्थानीय ३१ बर्षीया हेमा तामाङ र ४० बर्षीया मुना लामालाई पक्राउ गर्यो । प्रहरीले उनीहरूको साथबाट ११ ग्राम ब्राउन सुगर फेला फेला पारेको छ । त्यस्तै बिराटनगर- १६ हुलास चोकबाट एभिल, फेनारागन, डाइजोपाम र लुपिजेशिक गरी जम्मा ७६ एम्पुल प्रतिबन्धित औषधी सहित सुन्दरहरैचा- ६ का ३५ बर्षीय संजिब चौधरीलाई लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका- ९ स्थितबाट अवैध लागुऔषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन १ गते राती १ बजे राजाबास स्थित घाट नजिक कोशीको किनारमा देश ०१-०२-००१ ज ४०५० नम्बरको बोलेरो गाडीमा प्रहरी टोलीले १३ बोरामा ४ सय ६ किलो ९ सय ४० ग्राम अबैध लागुऔषध गाँजा फेला पारेको छ । बोलेरो चालक धरान उप-महानगरपालिका- ४ का २५ बर्षीय सुर्य राई र हतुवागढी गाउँपालिका- ८ भोजपुरका २७ बर्षीय लक्ष्मण राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


88 पटक हेरिएको 












