महिला लक्षित सेल्फ मेकअफ तालिम सकियो

पथरी शनिश्चरे नगरपालिका वडा नं. ६ को आयोजनामा सञ्चालित महिला लक्षित सेल्फ मेकअप तालिमको समापन भएको छ ।

चालु आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत महिला लक्षित कार्यक्रमको बजेटबाट सञ्चालन गरिएको तालिममा वडा नं. ६ का ४० जना महिलाको सहभागिता रहेको थियो । न्युलुक ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरको प्राविधिक सहयोग रहेको तालिमको समापन कार्यक्रममा वडा अध्यक्ष कृष्ण कुमार बस्नेत, वडा सदस्यहरू विष्णु कुमार लिम्बू र  विजय मण्डल, नेपाल रेडक्रस सोसाइटी हसन्दह उपशाखाका सचिव लक्ष्मीप्रसाद सुवेदी लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।समापन कार्यक्रममा सहभागीहरूको तर्फबाट माया कार्की बस्नेत र जीवन कुमारी श्रेष्ठले तालिमबाट व्यवहारिक सीप र आत्मविश्वास प्राप्त भएको अनुभव सुनाएका थिए ।कार्यक्रममा सम्बोधन गर्दै वडा अध्यक्ष कृष्ण कुमार बस्नेतले महिलाको क्षमता विकासलाई वडाको प्राथमिकतामा राखिएको उल्लेख गर्दै सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार