धार्मिक संस्थाहरुलाई साउण्ड सेट वितरण

पथरी । पथरी शनिश्चरे नगरपालिका वडा नं. १ कार्यालयले धार्मिक संघ संस्थाहरुलाई साउण्ड सेट वितरण गरेको छ ।

शुक्रबार  वडा कार्यालयमा आर्थिक वर्ष २०८२/०८३ को ‘वडाध्यक्ष मेरो साथी’ कार्यक्रम अन्तर्गत विनियोजित बजेटबाट वडामा अवस्थित तमु बौद्ध गुम्बा र  रामजानकी भजन किर्तन मण्डली र  शालिग्राम भजन किर्तन मण्डलीलाई १/१ थान साउण्डसेट वितरण गरिएको वडाध्यक्ष भिम राईले जानकारी दिए। कार्यक्रममा वडा सदस्यहरू वसुन्धरा गुरुङ, सुरेश कार्की, आरती विश्वकर्मा, नगरका राजनीतिक दलका प्रतिनिधि, कर्मचारी र वडाका सामाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार