पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा सञ्चालित मेडिक मोबाइल कार्यक्रमको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।
मंगलबार भएको समीक्षा कार्यक्रम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाको अध्यक्षतामा सम्पन्न भएको थियो । सो कार्यक्रममा लेखा अधिकृत विकास पोख्रेल, जनस्वास्थ्य अधिकृत जगत मगर, जनस्वास्थ्य निरीक्षक एकराज खत्री, महिला स्वास्थ्य स्वयंसेविका तथा अन्य सरोकारवाला व्यक्तिहरूको सहभागिता रहेको थियो ।
समीक्षा कार्यक्रममा मेडिक मोबाइल कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०८२/०८३ मा सम्पन्न भएका गतिविधि तथा उपलब्धिहरूको समीक्षा गरिएको थियो । साथै, कार्यक्रमको प्रभावकारिता, सेवा प्रवाह तथा आगामी योजनाका विषयमा समेत छलफल भएको जनस्वास्थ्य निरीक्षक एकराज खत्रीले जानकारी दिए।
समीक्षाका क्रममा मेडिक मोबाइल कार्यक्रमलाई आगामी आर्थिक वर्षमा समेत निरन्तरता दिने निर्णय गरिएको छ । यसका साथै कार्यक्रमलाई थप प्रभावकारी बनाउने तथा स्वास्थ्य सेवामा सूचना प्रविधिको उपयोगलाई विस्तार गर्ने विषयमा समेत आवश्यक निर्णयहरू गरिएको सुझाइएको छ।


4 पटक हेरिएको 




