आर्थिक वर्षको नीति तथा कार्यक्रम संशोधन सहित पारि

पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू पारित गरेको छ ।
बुधबार सम्पन्न बैठकले आगामी असार १० गते नगरसभा सञ्चालन गर्ने निर्णय गरेको छ । साथै, आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल गरी आवश्यक संशोधन सहित पारित, बुद्ध माबिको भवन निर्माणका लागि ठेक्का खुलाउने आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम पारित गरिएको छ । बैठकमा उपभोक्ता समिति मार्फत् योजना तथा कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि, २०८३ तथा सोझै खरिद सम्बन्धी कार्य सञ्चालन विधि, २०८३ अध्ययनका लागि पेश गरिएको छ । उक्त कार्यविधिहरूलाई थप अध्ययनपछि आगामी कार्यपालिका बैठकमा पारितका लागि प्रस्तुत गर्ने निर्णय गरिएको नगरपालिकाका प्रवक्ता नवीन कार्कीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार