सिसेक्पा कप फुटसलको तेस्रो संस्करण सम्पन्न

काठमाडौँ । याक्थुङ युवा मञ्च, जिल्ला कार्य समिति काठमाडौँको आयोजनामा सिसेक्पा कप फुटसलको तेस्रो संस्करण सम्पन्न भएको छ ।
यस पटक प्रतियोगिता 7 Ways united FC जितेको छ भने उपविजेता Yakthung Youth Association (YYA) रहेको छ ।
विजेतालाई रु ५५,५५५ र उपविजेतालाई रु ३३,३३३ सहित ट्रफि र मेडल रहेको छ । यस बाहेक उत्कृष्ट गोलकिपर, डिफेन्डर, वेष्ट प्लेयर अवार्ड समेत रहेको छ । प्रतियोगिता सम्पन्न भएतापनि पुरस्कार वितरण कार्यक्रम भने साउन १४ गते शनिवार चुम्लुङहिम ललितपुरमा वितरण गर्ने आयोजकले जनाएको छ ।
काठमाडौँ, शान्तिनगर फुटसलमा साउन ७ र ८ गते टुनामेन्ट सञ्चालन भएको थियो । प्रतियोगितामा ४५ टिमको सहभागिता रहेको थियो ।
प्रतियोगिताको उद्घाटन समारोहमा प्रमुख अतिथि अखिल नेपाल फुटबल संघ(एन्फा)को महासचिव किरण राई रहनु भएको थियो ।



तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार