बिराटनगर । नगर खेलकुद विकास समिति पथरी शनिश्चरेद्वारा १४ औं राष्ट्रपति रनिह सिल्ड प्रतियोगितामा सहभागी हुनका लागि खेलाडीहरुलाई जर्सी तथा टिसर्ट वितरण गरिएको छ ।
बुधबार पथरी शनिश्चरे नगरपालिकाबाट छनौट भएका ९८ जना खेलाडीहरूका लागि जर्सी तथा टि सर्ट वितरण गरिएको हो ।
नगर खेलकुद विकास समितिका संयोजक दिपक राई, सदस्य लोकसागर साम्बा तथा सदस्य सचिव नवीन खुलालले सम्बन्धित विद्यालयका प्रधानाध्यापक तथा कराते र तेक्वान्दो खेलका प्रशिक्षकहरूलाई जर्सि वितरण गरेका हुन् । १४ आंै राष्ट्रपति रनिङ शिल्ल प्रतियोगिता मनोहर जनता मावि मिक्लाजुङमा फागुन १८ देखि २० गतेसम्म सञ्चालन हुदैछ ।


85 पटक हेरिएको 





