चिचिरी, गेन्द्रो दिवस मनाइयो

पथरी । धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिले माेरङकाे पथरी शनिश्चरेमा चिचिरी, गेन्द्राे दिवस मनाएको छ ।

शनिबार “सँस्कृति, माैलिकता र स्वस्थ खाना” भन्ने नाराका साथ चाैथाे चिचिरी, गेन्द्राे दिवस २०८० शान्ति सिमसारमा आयाेजना भएको हो । दिवसमा धिमाल परिकार स्टलमा माैलिक खानाहरु चिचिरी, गेन्द्राे, ताेले, चुदुर, पायाकाे बिहा, गाेरा, हाया लगायतका परिकारहरु विक्रीमा राखिएको थियो ।

कार्यक्रममा गायिका रचना रिमाल, गायकहरु डिकबहादुर धिमाल, सन्जिव धिमाल, सुरेश धिमाल लगायतले सङ्गितिक प्रस्तुतिले दर्शकह्रुलाई मनोरञ्जन प्रदान गरेको थियो। दिवसको उद्धाटन गर्दै मोरङ क्षेत्र नं.३ का प्रतिनिधि सभाका सांसद डाक्टर सुनिल शर्माले पूर्वी नेपालमा बसोवास गर्दै आएका धिमाल जातिहरुको लागि आवश्यक सहयोग गर्ने आश्वासन दिएका छन् ।
कार्यक्रममा संस्थाका सल्लाहकार मोहन धिमाल, लेटाङ्ग नगरपालिकाका प्रमुख भुपेन्द्र लावतीले शुभ कामना मन्तव्य राखेका थियो । करिब ५ लाख रुपैयाँ बजेट खर्च हुने, २ हजार भन्दा बढि दर्शककाे सहभागीता रहने अनुमान आयोजकले गरेको थियो।

सोही कार्यक्रम अघि झापाको दमकमा पहिलाे संस्करण, माेरङकाे उर्लाबारीमा दाेस्राे संस्करण र माेरङकाे बेलबारीमा तेस्राे संस्करण सफलता पुर्वक केन्द्रले सम्पन्न गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार