पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. ७ मा मुढा बुनाई तालिम सुरु भएको छ ।
दश दिने मुढा बुनाई तालिममा वडाका ३० जनाले सहभागिता जनाइरहेको छ । वडा कार्यालयको आर्थिक सहयोगमा भएको तालिम वडा अध्यक्ष उद्धवराज बस्नेतले उदघाटन गरे । कार्यक्रममा वडा सदस्यहरु नरेश बहादुर राई, मनि कुमार लिम्बु, उषा लम्जेल, सपना राई र वडा सचिव ललिता लावतीको उपस्थिति रहेको थियो । तालिमको प्राविधिक सहयोग पाथीभरा सीप विकास तालिम केन्द्र मोरङले गरेको छ ।


126 पटक हेरिएको 





