दुर्घटनाबाट १ जनाको मृत्यु

सुनसरी । जिल्लाको ईटहरी उप-महानगरपालिका- १० स्थित कोशी लोकमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

मङ्गलबार दिउँसो साढे ३ बजे ईटहरीबाट बिराटनगर तर्फ आउदै गरेको मे.१ ख २७३४ नम्बरको बस र बिपरित दिशातर्फ जादै गरेको को. २९ प ४७६७ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर भएको थियो । ल दुर्घटना हुँदा मोटरसाईकल चालक ईटहरी- ५ का ३७ बर्षीय भोज कुमार श्रेष्ठको उपचारको क्रममा कोशी अस्पताल बिराटनगरमा मृत्यु भएको हो । घटनामा संलग्न बस र चालक ५९ बर्षीय बद्री नारायण पाण्डेलाई इलाका प्रहरी कार्यालय ईटहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरी रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार