न्यायिक समितिको सार्वजनिक सुनवाई

पथरी । न्यायिक समिति पथरी शनिश्चरेले सार्वजनिक सुनवाई कार्यक्रम गरेको छ ।

बुधबार  सहिद राम लक्षमण विद्यालयमा सार्वजनिक सुनवाई कार्यक्रम भएको हो । सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरूले जग्गा विवाद, महिला हिंसा, सिमा विवाद लगायतको विषयहरूका बारेमा प्रश्न उठाएका थिए । कार्यक्रममा प्रमुख अतिथि पथरीशनिश्चरे नगरपालिका नगर प्रमुख मोहन प्रसाद तुम्वापो, अधिवक्ता दिपक राई, न्यायिक समिति सदस्य पदम बहादुर धिमाल र कल्पना श्रेष्ठ, वडा नम्बर ५ का वडाध्यक्ष चेतन खड्का, वडा सदस्य मुना कार्की, बिनयराज तिम्सिना, वडा मेलमिलाप समिति संयोजक भवानी बाँस्तोला, समाजसेवी, बुद्धिजीवी तथा स्थानीयहरूको बाक्लो उपस्थिति रहेको थियो ।
न्यायिक समिति संयोजक देवीमाया काफ्लेको अध्यक्षतामा भएको सार्वजनिक सुनवाई कार्यक्रमलाई न्यायिक समितिका कर्मचारी विश्वमणि निरौलाले संचालन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार