नि:शुल्क स्वास्थ्य शिविरबाट १ सय ५३ जनाले लिए लाभ 

हसन्दह । मोरङको पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर शनिबार सञ्चालन भएको छ । शिबिरमा ८९ जनाले ओ.पी.डी. सेवा, ४१ जनाले भिडियो एक्स–रे सेवा, २३ भी.आई.ए.जाच गरी १ सय ५३ जनाले शिविरको लाभ लिएको अ.न.मी एलिसा लकान्द्रीले जानकारी गराए । स्तन क्यान्सर स्कृनिङ, पाठेघरको क्यान्सर स्किनिङ, आङ खस्ने सम्वन्धी समस्याको उपचार तथा व्यवस्थापन, अष्टे्रटिक फिस्टुलाको उपचार तथा व्यवस्थापन, बाझोपन सम्वन्धी परामर्श शेवा, गर्भवती महिलाहरुका लागि निःशुल्क भिडियो एक्स–रे सेवा, निःशुल्क औषधि वितरण जस्ता सेवाहरु प्रदान गरिएको जनस्वास्थ्य अधिकृत जगत मगरले जानकारी दिए ।

हसन्दह स्वास्थ्य चौकीमा महिलाहरूको लागि प्रजनन् स्वास्थ्य रुग्णताको स्कृनिङ तथा व्यवस्थापन शिविर सम्पन्न भएको हो ।शिविरको उद्घाटन कार्यक्रममा नगर प्रमुख मोहन प्रसाद तुम्वापो, वडा नं. ५ का वडाध्यक्ष चेतेन्द्र खड्का, वडा नं. ६ का वडाध्यक्ष कृष्णबहादुर बस्नेत, नगरका जनस्वास्थ्य अधिकृत जगत मगर, स्त्री रोग विशेषज्ञ डा. ममता पण्डित लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार